अमेरिकाको इरानमाथि आक्रमणको समाजवादी कम्युनिष्ट पार्टी नेपालको कडा निन्दा

05 Baishakh 2083
अमेरिकाको इरानमाथि आक्रमणको समाजवादी कम्युनिष्ट पार्टी नेपालको कडा निन्दा

काठमाडौँ, १७ फागुन समाजवादी कम्युनिस्ट पार्टी नेपालले अमेरिकाले इरानमाथि गरेको भनिएको आक्रमणको कडा शब्दमा निन्द्रा गरेको छ। पार्टीले उक्त आक्रमणलाई मध्यपूर्वको सार्वभौम राष्ट्रमाथि गरिएको आतंकवादी आक्रमण भन्दै गम्भीर आपत्ति जनाएको छ।

पार्टीका महासचिव समरजङद्वारा जारी प्रेस वक्तव्यमा अमेरिकी हस्तक्षेपले इरानका सर्वोच्च नेता आयरतुल्लाह अलि खामेनी लगायत दर्जनौं व्यक्तिको ज्यान गएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरिएको छ। वक्तव्यमा इरानी जनताको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि जीवन आहुती दिने सबैप्रति श्रद्धाञ्जली अर्पण गरिएको ।

पार्टीले अमेरिकी आक्रमणको उद्देश्य मध्यपूर्वको तेल स्रोतमा नियन्त्रण कायम गर्नु रहेको आरोप लगाएको छ। वक्तव्यमा अमेरिकाले लामो समयदेखि इरान विरुद्ध विभिन्न षड्यन्त्र दबाब र आक्रमण गर्दै आएको दाबी गरिएको छ। साथै यस्तो कार्यले अन्तर्राष्ट्रिय कानुन र मान्यताको उल्लङ्घन गरेको पनि उल्लेख गरिएको छ। समाजवाद

समाजवादी कम्युनिष्ट पार्टी नेपालले विश्वका सबै साम्राज्यवाद विरोधी शक्तिहरूलाई अन्यायपूर्ण युद्धको र विश्व शान्तिको पक्षमा उभिन आह्वान गरेको छ। वक्तव्यमा साम्राज्यवाद र पुँजीवादको अन्त्य नगरी विश्व शान्ति सम्भव नहुने धारणा पनि व्यक्त गरिएको छ।

यसैगरी पार्टीले मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै उनीहरूको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ।

प्रेस वक्तव्य

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tags