अमेरिकाले नेपाललाई बधाई दियो, दुवै देशबीच सुरक्षा सहकार्य गर्ने प्रतिबद्धता

20 Jestha 2083
[ssba-buttons]
अमेरिकाले नेपाललाई बधाई दियो, दुवै देशबीच सुरक्षा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ, फागुन २३ US Embassy Nepal ले नेपालमा हालै सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनप्रति नेपाली जनता र राज्यलाई बधाई दिएको छ। दुतावासले सार्वजनिक गरेको सन्देशमा नेपाली नागरिकले लोकतान्त्रिक प्रक्रियामा देखाएको सक्रिय सहभागिता र प्रतिबद्धताको प्रशंसा गरिएको छ।

दूतावासले जारी गरेको सन्देशमा आगामी दिनमा गठन हुने नयाँ सरकारसँग मिलेर दुवै देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरिएको छ।

दूतावासले नेपाली भाषामा सन्देश सार्वजनिक गर्दै नेपालमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै आगामी सरकारसँग मिलेर दुवै देशका साझा लक्ष्यहरू हासिल गर्न, सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरिएको छ।

अमेरिकाले नेपालसँग लामो समयदेखि विकास, लोकतन्त्र सुदृढीकरण तथा सुरक्षा सम्बन्धी विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ। दुतावासका अनुसार आगामी दिनमा पनि यी क्षेत्रमा साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

यस सन्देशलाई नेपालमा लोकतान्त्रिक अभ्यासप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास र समर्थनको संकेतका रुपमा पनि हेरिएको छ। अमेरिका र नेपाल बीचको कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags