थुनछेक बहसपछि दीपक भट्ट थुनामा, विशेष अदालतले दियो आदेश

09 Kartik 2083
[ssba-buttons]
थुनछेक बहसपछि दीपक भट्ट थुनामा, विशेष अदालतले दियो आदेश

काठमाडौं २७ साउन २०८३ / विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धिकरणको आरोप लागेका व्यवसायी दीपक भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो ।

थुनछेक बहसपछि अदालतले व्यवसायी भट्टलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालत प्रशासनले जनाएको छ । 

उनीविरुद्ध जेठ २८ गते सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धिकरण अन्तर्गत २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ विगो माग गर्दै मुद्धा दाएर गरिएको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *