काठमाडौँ ४ वैशाख / एमाले नेता महेश बस्नेतले आफ्नो राजनीतिक तथा सामाजिक जीवन समाप्त गर्ने उद्देश्यले नियोजित र योजनाबद्ध रूपमा पटक – पटक झुटा मुद्दा दर्ता गरिएको आरोप लगाएका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो सार्वजनिक दाबी गरेका हुन्।
बस्नेतकाअनुसार २०८२ माघ ९ गते गम्भीर प्रकृतिको झुटो मुद्दा दर्ता गरिए पनि प्रहरी अनुसन्धानले आरोपलाई भ्रामक र कपोलकल्पित ठहर गर्दै मुद्दा तामेलीमा राखेको थियो। उक्त निर्णय विरुद्ध उच्च अदालत पाटनमा रिट दायर मिति २०८१ वैशाख ४ गते दर्ता भए पनि २०८१ भदौ २६ गते रिट खारेज भई बस्नेतले सफाई पाएको दाबी गरेका हुन।
त्यसपछि पुनः भारतस्थित एक मानसिक अस्पतालको सामान्य कागजलाई आधार बनाएर मिति २०८१ कार्तिक ६ गते पुरक जाहेरी दर्ता गरिएको तर काठमाडौँ सरकारी वकिल कार्यालयले २०८१ फागुन १२ गते केही “गरिरहन परेन” भन्दै मुद्दा अघि नबढाउने निर्णय गरेको बस्नेतले बताएका छन्। सो निर्णय विरुद्धको रिट समेत अन्त: पुरक जाहेरी मिति २०८२ चैत्र १८ गते खारेज भई आफूले पुनः सफाई पाएको बस्नेतको भनाइ छ।
बस्नेतले २०८२ चैत्र १६ गते मनमोहन अस्पतालको गुगल फोटोबाट भेटे भनेर एउटा हदम्याद नाघेको अल्ट्रासाउन्ड रिपोर्टको आधारमा गर्भपतन गराइएको भनी नयाँ जाहेरी दर्ता गराइएको आरोप लगाएका छन्। बस्नेतले २०७२ सालमा नै फेमिली प्लानिङ गरिसकेको बताएका छन् र निजले ३/४ पटक गर्भपतन र भूण हत्या। गरेको भन्ने महिलालाई सो विषयमा कारबाही हुनुपर्ने दाबी समेत गरेका छन्।
जिल्ला अदालत काठमाडौँले उच्च अदालतको अन्तिम फैसला अनुसार अघि बढाउन आदेश दिएको र उक्त फैसला पनि गत चैत्र १६ गते आफ्नो पक्षमा भइसकेको बस्नेतले उल्लेख गरेका छन्।
महेश बस्नेतका अनुसार यसअघि गरिएका दाबीहरू अदालतबाट झुटो साबित भइसकेका छन् र कानुनी हदम्याद समेत समाप्त भइसकेको छ। साथै कसुर र अनुसन्धान नियमावली २०७५ अनुसार तामेलीमा राखिएको मुद्दामा नयाँ प्रमाण नआए तामिले नै अन्तिम निर्णय हुने व्यवस्था रहेको बस्नेतले स्मरण गराएका छन्।
बस्नेतले आफू विरुद्ध सामाजिक सञ्जाल, सामाजिक र राजनीतिक जीवन बदनाम गर्ने उद्देश्यले पटक – पटक स्टाटस, फेसबुक लाइभ, अनसन र गालीगलोज मार्फत चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै सरकारसँग यस्ता गतिविधि रोक्न सामाजिक सञ्जाल फेसबुक मार्फत ध्यानाकर्षण गराएका छन्।
बस्नेतले प्रसन्न उठाउँदै भनेका छन् “के म राजनीतिक व्यक्ति भएकै कारण यस्ता अन्याय र अपमान सहेर बस्नुपर्ने हो” ?
यसैबीच बस्नेतले आफ्नो प्रतिशोधसँग जोडिएका करिब ७ जनामाथि पनि सरकारले पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै यसलाई “राज्य आतंक” को नमुना भनेका छन्।











Leave a Reply