पञ्चदेवल विनायक–कमलबजार सिमानामा हाइस दुर्घटना, ३ जना हेलिकप्टरबाट सुर्खेत रिफर

20 Jestha 2083
[ssba-buttons]
पञ्चदेवल विनायक–कमलबजार सिमानामा हाइस दुर्घटना, ३ जना हेलिकप्टरबाट सुर्खेत रिफर

अछाम, चैत २४ — अछाम जिल्लामा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटना कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको सिमानामा पर्ने लाड्छे खोलामा आज बिहान भएको हो।


नेपाल प्रहरीका अनुसार ढकारीबाट आएको फोर्स हाइस गाडी दुर्घटना हुँदा गाडीमा सवार तीन जना घाइते भएका हुन्। घाइते हुनेमा गाडी धनी खगेन्द्र थापा, गाडी चालक ज्ञानेन्द्र बलामी मगर र यात्रु धर्म थापा रहेका छन्।


घटनास्थलबाट इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैलालका अनुसार गाडीमा अन्य यात्रु नभएकाले थप मानवीय क्षति भएको छैन।दुर्घटनापछि घाइते तीनै जनालाई तत्काल कमलबजार नगरपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल अछाममा उपचारका लागि लगिएको थियो। अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत रिफर गरिएको हो।


घाइतेहरूको गम्भीर अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। हाल घाइतेहरूको सुर्खेतमा उपचार भइरहेको छ।


दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags