काठमाडौँ १५ चैत, महेश बस्नेतले आफ्नो फेसबुक पोस्टमार्फत आफूमाथि प्रतिशोधात्मक गिरफ्तारीको योजना बनाइएको आरोप लगाएका छन्। बस्नेतले भनेका छन् कि यस्तो प्रयासले हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।
बस्नेतका अनुसार, तीन वर्षअघि नै एउटा फेक व्यक्तिलाई अगाडि सारेर झुट्र्टा जाहेरी दर्ता गराइएको थियो। उक्त जाहेरी प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको र सोही विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको बताएका छन्।
बस्नेतले सोही विषयमा पुन: पूरक जाहेरी दर्ता गरिएको र हाल मुद्दा अदालतमा विचारधीन रहेको उल्लेख गर्दै, फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रोपटक नक्कली जाहेरी दिन लगाई आफूलाई पक्राउ गर्ने योजना बनाइएको र मिडिया ट्रायल भइरहेको आरोप लगाएका छन्।
बस्नेतले यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङद्वारा सञ्चालित कुकर्म भएको दाबी गरेका छन्। उनले चेतावनी दिएका छन् कि यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्ने छ।
साथै आफ्नो फोन अफ रहेको र आफू फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत भएको उनले स्पष्ट पारेका छन्। यस किसिमका हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको उनले बताएका छन्। र यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन साबित हुने उनको भनाइ छ।











Leave a Reply