सहकारी पीडितहरुको रकम कहिले फिर्ता हुन्छ ? कमरेड सूर्याद्वारा तुर्माखाँद गाउँपालिकालाई समाजवदी कम्युनिस्ट पार्टी नेपालको स्मरणपत्र

20 Jestha 2083
[ssba-buttons]
सहकारी पीडितहरुको रकम कहिले फिर्ता हुन्छ ? कमरेड सूर्याद्वारा तुर्माखाँद गाउँपालिकालाई समाजवदी कम्युनिस्ट पार्टी नेपालको स्मरणपत्र

अछाम तुर्माखाँद १२ जेठ — समाजवदी कम्युनिस्ट पार्टी नेपालको सेती–महाकाली क्षेत्रीय समितिले तुर्माखाँद गाउँपालिकालाई सम्बोधन गर्दै “श्री महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड” सम्बन्धी विषयमा पूर्व ध्यानाकर्षण पत्रको फलोअप तथा स्मरण पत्र जारी गरेको छ। पत्रमा सहकारी पीडित सदस्यहरूको बचत रकम सुरक्षित गरी तत्काल फिर्ता गराउने, अनियमिततामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउने तथा गाउँपालिका भित्रका सहकारी संस्थाहरूको नियमित अनुगमन र वित्तीय पारदर्शिता सुनिश्चित गर्न माग राखेको छ।

पत्रमा उल्लेख भएअनुसार पार्टीले यस अघि २०८२ असोज ३१ गते गाउँपालिकामा दर्ता नं. ६०८ मार्फत ध्यानाकर्षण पत्र बुझाएको थियो। तर हालसम्म ठोस पहल, स्पष्ट जानकारी तथा कार्यान्वयन नभएको भन्दै सहकारी पीडित सदस्य तथा सर्वसाधारण थप चिन्तित र आक्रोशित बन्दै गएको जनाइएको छ। मजदुर, किसान तथा श्रमजीवी वर्गले सहकारीमा जम्मा गरेको लाखौं रकम फिर्ता नहुँदा आर्थिक, सामाजिक तथा मानसिक समस्या बढ्दै गएको पनि पत्रमा उल्लेख गरिएको छ।

सदस्यहरूको बचत रकम सुरक्षित गरी फिर्ता गर्न माग

पत्रमार्फत “श्री महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड” का सदस्यहरूको बचत रकम सुरक्षित गरी यथाशीघ्र फिर्ता गराउन हालसम्म भएका पहलको स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिएको छ। साथै सहकारीको नाममा अनियमितता गर्ने जिम्मेवार पदाधिकारी तथा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने विवरण सार्वजनिक गर्न आग्रह गरिएको छ।

सहकारीहरूको अनुगमन र वित्तीय पारदर्शितामा जोड

तुर्माखाँद गाउँपालिका भित्र रहेका अन्य सहकारी संस्थाहरूको अवस्था, अनुगमन तथा वित्तीय पारदर्शिताको विषयमा तत्काल समीक्षा गरी जानकारी गराउन माग गरिएको छ। साथै सहकारी पीडित बचतकर्ताहरूको समस्याको समाधानका लागि गाउँपालिकाले आवश्यक समन्वयात्मक पहल तथा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।

आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी

पत्रमा भनिएको छ माथि उल्लेखित विषयहरूमा यथाशीघ्र ठोस पहल तथा कार्यान्वयनको जानकारी प्राप्त नभए पीडित सदस्यहरूसँग सहकार्य गरी संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी समेत दिइएको छ। त्यस्तो अवस्थाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उल्लेख गर्दै आवश्यक कारबाही गरी लिखित रूपमा जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।

ध्यानाकर्षण पत्र ३१ असोज २०८२

oppo_1056
oppo_1024

पुर्व ध्यानाकर्षण पत्र सम्बन्धमा फलोअप/ स्मरण पत्र

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags