तुर्माखाँ गाउँपालिकामा निःशुल्क प्राविधिक तालिमका लागि आवेदन खुला

09 Baishakh 2083
तुर्माखाँ गाउँपालिकामा निःशुल्क प्राविधिक तालिमका लागि आवेदन खुला

अछाम, चैत ९ – तुर्माखाँद गाउँपालिकाले युवाहरूलाई लक्षित गर्दै निःशुल्क प्राविधिक तालिममा सहभागी हुन आवेदन आह्वान गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय तुर्माखाँदले, सूचना जारी गर्दै पोखरास्थित “पोखरा भ्याली टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट प्रा.ली.” सँगको सहकार्यमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ।

सूचना अनुसार तुर्माखाँद गाउँपालिका भित्रका योग्य तथा इच्छुक व्यक्तिहरूले निर्धारित समयभित्र कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्। तालिममा सहभागी हुन चाहनेहरूले आवश्यक कागजातसहित आवेदन फारम भर्नु पर्ने जनाइएको छ।

उक्त तालिम अन्तर्गत सिकर्मी तथा सटरिङ, डकर्मी, पलम्बर तथा सटिल फिक्चर,इलेक्ट्रोनिक तथा मोबाइल मर्मत र बेसिक तथा एडभान्स इलेक्टि्रकल विषय समावेश गरिएका छन् तालिम अवधि चार महिनादेखि ६ महिनासम्म रहने जनाइएको छ।

तालिम पूर्णरूपमा निःशुल्क हुने र तालिममा सहभागीहरूलाई खान, बस्न र मासिक भत्ता प्रत्येक महिना रु. १००० तथा एकपटकको आवतजावत बसभाडा खर्चसमेत व्यवस्था गरिएको जनाइएको छ।

साथै तालिम पश्चात् स्वदेश तथा वैदेशिक रोजगारीमा समेत व्यवस्था रहेको बताइएको छ।

गाउँपालिकाले बेरोजगार युवाहरूलाई सीपमूलक तालिम मार्फत आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम ल्याइएको जनाइएको छ।

इच्छुक व्यक्तिहरूले तोकिएको समयभित्र आवेदन दिनुहुन गाउँपालिकाले अनुरोध गरेको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *