मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, खगराज भट्टद्वारा अधिवेशन आह्वान

05 Baishakh 2083
मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र, खगराज भट्टद्वारा अधिवेशन आह्वान

धनगढी कैलाली – ६ चैत, लामो समयदेखि सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन नबोलाइएको भन्दै नेपाली कम्युनिस्ट पार्टीले एक हप्ताभित्र नियमित अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रदेश सभा संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै अधिवेशन नहुँदा प्रदेश सरकार सुशासन कायम गर्न असफल भएको बताएका छन्।

बजेट कार्यान्वयनमा समस्या

पत्रमा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अत्यन्त कमजोर रहेको उल्लेख गरिएको छ। प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरू समेत अगाडि बढ्न नसकेको जनाइएको छ। साथै संचार माध्यम मार्फत विभिन्न गुनासाहरु आइरहेका पनि उल्लेख गरिएको छ

प्रदेश सरकारमाथि आरोप

नेपाली कम्युनिस्ट पार्टीले प्रदेश सरकार विभिन्न राजनीतिक नियुक्तिमा केन्द्रित भएको आरोप लगाइएको छ। साथै मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचारको आक्षेपबारे समेत छानबिन प्रक्रिया अघि बढ्न नसकेको पत्रमा उल्लेख गरिएको छ।

“प्रदेश सभा नचल्दा जनप्रतिनिधिहरूले सरकारको काम कारबाही बारे प्रसन्न उठाउने अवसरबाट वञ्चित भएका छन्।”पत्रमा भनिएको छ।

एक हप्ताभित्र अधिवेशन माघ

वर्तमान अवस्थालाई ध्यानमा राख्दै प्रमुख प्रतिपक्ष दलले एक हप्ताभित्र प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न सरकारसँग जोडदार माग गरेको छ।

ध्यानाकर्षण पत्र

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tags