१४ असोज २०८३,
कञ्चनपुर । महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोधारा–चाँदनी नगरपालिका–४ तर्फ रहेको पुलको करिब ५ देखि ६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या देखिएको थियो। त्यसपछि पुलको पिल्लरसमेत भत्किएपछि संरचनामा थप क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुल क्षतिग्रस्त भएपछि उक्त मार्ग हुँदै दैनिक आवतजावत गर्ने स्थानीय बासिन्दा तथा सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।
प्रहरीका अनुसार पुलको मर्मत गरी आवागमन पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको छ। पुलको मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।











Leave a Reply