पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण, तालिबानसँग तनाव खुला द्वन्द्वतर्फ

05 Baishakh 2083
पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई आक्रमण, तालिबानसँग तनाव खुला द्वन्द्वतर्फ

काठमाडौ , फागुन १५ पाकिस्तान ले शुक्रबार अफगानिस्तानका राजधानी काबुल र दक्षिणी शहर कन्दहारसहित केही क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ। पछिल्लो समय सीमा क्षेत्रमा बढ्दै गएको झडपपछि यो अवस्था थप गम्भीर बनेको बताइएको छ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाल मुजाहिद का अनुसार आक्रमण काबुल, कन्दहार र पक्तिया क्षेत्रमा गरिएको हो। पाकिस्तानले भने अफगान सुरक्षा बलले आफ्ना सीमावर्ती चौकीहरूमा आक्रमण गरेपछि जवाफी कारबाही गरिएको दाबी गरेको छ।


पाकिस्तानका रक्षामन्त्री खवाजा असिफ ले सामाजिक सञ्जालमार्फत आफ्नो देशको धैर्य समाप्त भएको उल्लेख गर्दै अब स्थिति खुला युद्धको अवस्थामा पुगेको बताएका छन्। उनले अफगानिस्तानको भूमिबाट पाकिस्तानविरुद्ध उग्रवादी गतिविधि भइरहेको आरोप पनि लगाएका छन्।
दुवै पक्षले सीमा क्षेत्रमा भएको झडपमा ठूलो क्षति भएको दाबी गरेका छन्। पाकिस्तानका अनुसार धेरै तालिबान लडाकु मारिएका छन् भने अफगानिस्तानले पनि पाकिस्तानी सैनिकहरू मारिएको र केही सैन्य चौकीहरू नियन्त्रणमा लिएको जनाएको छ। यद्यपि यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार Tehrik-i-Taliban Pakistan (टीटीपी) को गतिविधि, सीमा सुरक्षा विवाद र आपसी अविश्वासका कारण दुई देशबीचको सम्बन्ध पछिल्लो समय बिग्रँदै गएको हो।
सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने स्थानीय बासिन्दामा त्रासको अवस्था देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयमता अपनाउँदै वार्तामार्फत समाधान खोज्न आग्रह गरेको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tags