इजरायलमा रहेका नेपालीलाई दूतावासको आपतकालीन चेतावनी, घरभित्रै बस्न आग्रह

29 Jestha 2083
[ssba-buttons]
इजरायलमा रहेका नेपालीलाई दूतावासको आपतकालीन चेतावनी, घरभित्रै बस्न आग्रह

फागुन १६ , तेल अविव । इजरायलमा विकसित भइरहेको मध्यपूर्वको अवस्थालाई ध्यानमा राख्दै तेल अविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले जारी गरेको सूचनामा नेपाली नागरिकलाई सुरक्षा निर्देशिका पालना गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन तथा आधिकारिक सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।

दूतावासका अनुसार इजरायली सुरक्षा निकाय तथा होम फ्रन्ट कमाण्डले जारी गरेका निर्देशनहरू कडाइका साथ पालना गर्नुपर्नेछ। साथै, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन भनिएको छ।

त्यसैगरी, सम्बन्धित निकायको अनुमति बिना यात्रा नगर्न, स्थानीय समाचार तथा आपतकालीन सूचनाहरू निरन्तर अनुगमन गर्न र नजिकैका सुरक्षित आश्रयस्थल (शेल्टर) को जानकारी राख्न पनि दूतावासले आग्रह गरेको छ।

दूतावासले आवश्यक परे नियमित रूपमा थप जानकारी तथा अपडेट उपलब्ध गराउने जनाएको छ। साथै, कुनै समस्या परेमा नेपाली दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

दूतावासको सम्पर्क विवरण अनुसार फोन नम्बर +972-545582077 र इमेल telaviv@nepalembassyil.com मार्फत सम्पर्क गर्न सकिनेछ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको अवस्थालाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन दूतावासले पुनः आग्रह गरेको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags