ब्याङ्गलोरबाट लक्ष्मी मल्ल र किशोर खड्का सम्पर्कविहीन,परिवारले गरे खोजीमा सहयोगको अपिल

10 Shrawan 2083
[ssba-buttons]
ब्याङ्गलोरबाट लक्ष्मी मल्ल र किशोर खड्का  सम्पर्कविहीन,परिवारले गरे खोजीमा सहयोगको अपिल

बेङ्गलोरबाट सुरज मल्ल।

भारत, ब्याङ्गलोर १२ जुलाई २०२६ / भारतको ब्याङ्गलोरमा वैवाहिक सम्बन्धसँग जोडिएका विवादका घटनाहरू बेला–बेलामा सार्वजनिक भइरहेका बेला यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ।

भारतको ब्याङ्गलोरस्थित सज्जापुर, मार्तडी गाउँ मा कामको सिलसिलामा कोठा लिएर बस्दै आएका नेपालको कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वाणी चौरा स्थायी घर भएका पवन मल्लको परिवार उनकी श्रीमती लक्ष्मी मल्ल र अर्का एक विवाहित पुरुष किशोर खड्का हाल सम्पर्कविहीन रहेको भन्दै दुवै परिवारले खोजीमा सहयोगको लागी अपिल गरेका छन्।

पीडित श्रीमान पवन मल्लले siriusnepal.com लाई दिएको जानकारी अनुसार, जुलाई ७ /२०२६ मा उनकी पत्नी लक्ष्मी मल्ल र किशोर खड्का नाम गरेका एक पुरुष आफ्नै कोठामा आफू काममा गएको बेला कोठामा राति सँगै रहेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारेका थिए।

पीडित श्रीमान पवन मल्लका अनुसार त्यसपछि आफन्त र परिवारजनले घटनाबारे जानकारी पाएपछि नजिकैको प्रहरी चौकीमा पुगेका थिए।

पवन मल्लले प्रहरी चौकीमा लिखित उजुरी दिन खोजेपछि प्रहरी चौकिले उजुरी लिन नमानेको र दुवै पक्षलाई सम्झाई बुझाई गरि पठाइएको दाबी गरेका छन्। उनका अनुसार, त्यसको दुई दिनपछि अर्थात् जुलाई ९ / २०२६ मा लक्ष्मी मल्ल सात वर्षीय छोरासहित लगेर किशोर खड्कासँग भागेर गएकी हुन् ।

लक्ष्मी मल्लले करिब तीन लाख रुपैयाँ नगद, विवाह दर्तालगायतका केही महत्वपूर्ण कागजात पनि लगेको दाबी गरेका छन्। पवन मल्लका अनुसार हालसम्म उनीहरूसँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन।

यसैबीच, घटनामा नाम जोडिएका किशोर खड्का की पत्नीले पनि आफ्ना श्रीमान सम्पर्कमा नरहेको र घरबाट सुनचाँदी तथा नगद लिएर गएको बताएकी छन्। परिवारजनका अनुसार किशोर खड्काको स्थायी घर बझाङ जिल्लाको चैनपुर क्षेत्रमा रहेको बताइए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

कसैले देख्नु भएमा वा भेट्टाएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित परिवारलाई खबर गरिदिन यो मोबाइल नम्बरमा +919739964209 सम्पर्क गरिदिनुहुन आग्रह गरेका छन्।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *