आत्मदाह प्रयासपछि घाइते भएका मुगुका गणेश नेपालीको उपचारकै क्रममा निधन

10 Shrawan 2083
[ssba-buttons]
आत्मदाह प्रयासपछि घाइते भएका मुगुका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं, असार २६ — आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगु जिल्लाको सोरु गाउँपालिका–१ का गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा सघन उपचार भइरहेका बेला स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि शुक्रबार उनको मृत्यु भएको हो।

चिकित्सकहरूले नेपालीको शरीरको ठूलो भाग ५५ प्रतिशत आगोले जलेको र अनुहार तथा श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर असर परेको बताएका थिए। उनलाई वीर अस्पतालको बर्न आइसियुमा राखेर उपचार गरिएको थियो।

उपचारका लागि प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मी सम्मिलित विशेष टोली परिचालन गरिएको अस्पताल स्रोतले जनाएको छ। अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि भारतको दिल्लि लैजाने सम्भावनाबारे समेत छलफल भएको थियो। तर, स्वास्थ्य अवस्था स्थिर नभएकाले स्थानान्तरण हुन सकेन।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उनको उपचारकै क्रममा निधन भएको हो।

स्रोत: रातो पाटीबाट ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *