फाइभ स्टार होटलमा सांसद अभिमुखीकरण तालिम प्रति आशिका तामाङको प्रश्न : सिंहदरबारमै हल हुँदाहुँदै बाहिर किन?

20 Jestha 2083
[ssba-buttons]
फाइभ स्टार होटलमा सांसद अभिमुखीकरण तालिम प्रति आशिका तामाङको प्रश्न : सिंहदरबारमै हल हुँदाहुँदै बाहिर किन?


काठमाडौं, वैशाख २६
आशीका तामाङले सांसदहरूका लागि आयोजना गरिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम फाइभ स्टार होटल वा बाहिरका महंगा सभाहलमा गर्नु अनावश्यक खर्च भएको बताएकी छन्।


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहदरबारभित्रै पर्याप्त सभाहल हुँदा बाहिर कार्यक्रम गर्नुको औचित्यमाथि प्रश्न उठाएकी हुन्।
उनले लेखेकी छन्, “संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै वा बाहिर कसैसँग हल सापटी लिएर गर्नु कुनै बाध्यता पक्कै होइन होला। सिंहदरबारमै त्यस्ता सभाहल कति छन् कति, बाहिर किन?”


तामाङले बाहिर कार्यक्रम गर्दा लाग्ने खर्चको हिसाब–किताब कसले गर्ने ? भन्ने प्रश्न पनि उठाएकी छन्। सुरक्षा कारण देखाएर महंगा होटलमा कार्यक्रम आयोजना गरिएको हो भने “के सुरक्षा एक दिन मात्र चाहिने हो, अरु दिन चाहिँ पर्दैन?” भन्दै उनले व्यंग्य गरेकी छन्।


उनले आफूहरू परिवर्तनको पक्षमा रहेको भन्दै अनावश्यक खर्च नगर्ने प्रतिबद्धता व्यवहारमा पनि देखिनुपर्ने बताएकी छन्। “हामी आफै परिवर्तनको पक्षमा हिँडिरहेका छौं, फजुल खर्च नगर्ने भनेर बोलिरहेका छौं। तर व्यवहारमा उहीँ भयो भने पुराना र हामी नयाँमा के फरक भयो त?” उनले लेखेकी छन्।
सांसद तामाङको उक्त अभिव्यक्तिले सार्वजनिक खर्च र सरकारी कार्यक्रम सञ्चालनको पारदर्शिताबारे पुनः बहस सुरु गराएको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags