भक्तपुर अदालतबाट रिहा भएपछि दुर्गा प्रसाईंद्वारा गृहमन्त्रीमाथि गम्भीर आरोप

08 Kartik 2083
[ssba-buttons]
भक्तपुर अदालतबाट रिहा भएपछि दुर्गा प्रसाईंद्वारा गृहमन्त्रीमाथि गम्भीर आरोप

काठमाडौं १८ साउन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जिल्ला अदालत भक्तपुरबाट रिहा भएपछि गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।


अदालत परिसरबाट बाहिरिएपछि प्रसाईंले गृहमन्त्री गुरुङ रोहिङग्याहरुको पालनपोषण गर्ने संस्था “ब्राट” को सदस्य रहेको दाबी गरेका छन्। आफूले उठाएको विषयको सम्बन्धमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

उनले आफ्नो आरोप सत्य नभए सम्बन्धित पक्षले त्यसको खण्डन गर्नुपर्ने र सत्य भए आवश्यक पुष्टि हुनुपर्ने धारणा व्यक्त गरे।
प्रसाईंलाई मंगलबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले जिल्ला अदालत भक्तपुरमा निवेदन दिएको भए पनि अदालतले उक्त माग अस्वीकार गरेपछि उनी सोही दिन साँझ रिहा भएका हुन्।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *