राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन संसद् भवनबाट बाहिरिए, सांसदहरूले जनाए आपत्ति

20 Jestha 2083
[ssba-buttons]
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा  प्रधानमन्त्री बालेन संसद् भवनबाट बाहिरिए, सांसदहरूले जनाए आपत्ति

काठमाडौं, २८ बैशाख – संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै समयमा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै उठेर बाहिरिएपछि संसदमा चर्चा र विवाद सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पढिरहेका बेला प्रधानमन्त्री शाह आफ्नो सिटबाट उठेर बाहिरिएको दृश्य देखिएको हो। नीति तथा कार्यक्रमको पुस्तिका राष्ट्रपतिलाई हस्तान्तरण गरेपछि उनी केही समय मात्र बैठकमा बसेका थिए।

प्रधानमन्त्री अचानक बैठकबाट बाहिरिएपछि उपस्थित सांसदहरू आश्चर्यचकित बनेका थिए भने केही सांसदहरूले यस विषयमा आपत्ति जनाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको व्यवहारलाई मर्यादाविपरीत र गैरजिम्मेवार कदम भएको बताएका छन्। उनले सरकार आफैंले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत भइरहँदा प्रधानमन्त्रीले बैठक छोड्नु उपयुक्त नभएको टिप्पणी गरे।

दुलालका अनुसार प्रधानमन्त्रीले कार्यक्रम पूरा नसुनी संसद् छाड्नु संसदीय अभ्यास र मर्यादासँग मेल नखाने व्यवहार भएको बताए।

यस घटनापछि संसदमा प्रधानमन्त्रीको उक्त कदमबारे विभिन्न दलका सांसदहरूबीच छलफल र प्रतिक्रिया देखिएको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • .

  • .

  • .

  • .

  • .

Tags