१ भदौ २०८३,
काठमाडौं। अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्। सोमबार अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो।
रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू हिरासतमा रहँदा कानुन व्यवसायीसँग समेत भेट गर्न नदिइएको दाबी गरे। उनले यस्तो व्यवहारलाई आफूले गम्भीर रूपमा लिएको बताए।
श्रेष्ठले विगतमा पनि समाचार लेखेकै कारण सत्तापक्षबाट दबाब तथा ज्यादती सामना गर्नुपरेको उल्लेख गर्दै आफू यस्ता घटनाबाट पछि नहट्ने बताए।
उनले भने, ‘कानुन व्यवसायीसँग समेत भेट गर्न दिइएन। तर मैले हारेको छैन, म हार्दिनँ। म नमरेसम्म आफूले देखेको कुरा लेख्न छोड्दिनँ।’
श्रेष्ठले गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक भएपछि आफूविरुद्ध असन्तुष्टि बढेको दाबीसमेत गरे।
उनले सरकारलाई कानुनी प्रक्रिया र राज्यका संयन्त्रको मर्यादा कायम राखेर काम गर्न आग्रह गर्दै कानुनलाई हातमा लिएर राज्य सञ्चालन नगर्न चेतावनी दिएका छन्।
श्रेष्ठको रिहाइपछि उनको अभिव्यक्ति अहिले सञ्चार तथा सामाजिक सञ्जालमा समेत चर्चामा आएको छ।










Leave a Reply