पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

11 Bhadra 2083
[ssba-buttons]
पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

१ भदौ २०८३,

काठमाडौं। पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

श्रेष्ठलाई यसअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। अदालतको पछिल्लो आदेशसँगै उनीमाथिको अनुसन्धानका लागि थप चार दिनको म्याद प्राप्त भएको हो।

सर्वोच्च अदालतको आदेशअनुसार श्रेष्ठलाई बिहान १० बजे जफत गरिएका सामग्रीसहित सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी थियो। तर त्यसअघि प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर थप म्याद लिएको हो।

जिल्ला अदालतबाट म्याद लिएपछि श्रेष्ठलाई बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालत लगिएको बताइएको छ।

अब सर्वोच्च अदालतले श्रेष्ठको थुनाको कानुनी औचित्यबारे सुनुवाइ गर्दै आवश्यक आदेश दिनेछ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *