गोरखामा गृहमन्त्री गुरुङको जवाफ– चार महिनामै कायापलट सम्भव छैन, चित्त नबुझे अर्को पटक नजिताउनुस्

11 Bhadra 2083
[ssba-buttons]
गोरखामा गृहमन्त्री गुरुङको जवाफ– चार महिनामै कायापलट सम्भव छैन, चित्त नबुझे अर्को पटक नजिताउनुस्

१ भदौ २०८३,

गोर्खा । गृहमन्त्री सुधन गुरुङले आफूले जिम्मेवारी सम्हालेको केही महिनामै सबै क्षेत्रमा ठूलो परिवर्तन गर्न सम्भव नरहेको बताएका छन्।

आइतबार साँझ गोरखा क्षेत्र नम्बर १ अन्तर्गत सहिद लखन गाउँपालिका–९ नाम्जुङमा स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा गृहमन्त्री गुरुङले यस्तो धारणा राखेका हुन्।

स्थानीयले निर्वाचनका बेला स्वास्थ्य सेवाका लागि ल्याब सञ्चालन गर्न बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै त्यसका लागि बजेट नदेखिएको भन्दै प्रश्न गरेका थिए।

जवाफमा गुरुङले साना–साना कार्यक्रमलाई समेत बजेटमा समेट्दै जाने हो भने बजेटको आकार अत्यधिक ठूलो हुने तर्क गरे। आफूले ल्याबसम्बन्धी कार्यक्रम बजेटमा समावेश भए/नभएकोबारे सम्बन्धित मन्त्रालयसँग विवरण मागेको उनले बताए।

स्थानीयको प्रश्नको जवाफ दिँदै उनले भने, ‘चार महिनामै म कायापलट गर्न सक्दिनँ। चित्त बुझेन भने अर्को पटक मलाई नजिताउनुस्।’

उनले आफूलाई काम गर्न पर्याप्त समय दिन स्थानीयसँग आग्रहसमेत गरे। गुरुङका अनुसार आफूले बजेट सञ्चालन गर्न पाएको समय पनि धेरै भएको छैन।

ल्याब सञ्चालनका लागि भवन वा उपकरण मात्रै पर्याप्त नहुने उनको भनाइ थियो। आवश्यक जनशक्ति, कर्मचारी दरबन्दी र त्यसका लागि अर्थ मन्त्रालयलगायत सम्बन्धित निकायको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही समय लाग्ने उनले स्पष्ट पारे।

गृहमन्त्री गुरुङले आफूले जनतासामु स्पष्ट रूपमा काम गर्ने प्रतिबद्धता जनाएको भन्दै आफ्नो कार्यसम्पादन मूल्यांकन गर्न पाँच वर्षको समय दिन आग्रह गरे।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *