सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

11 Bhadra 2083
[ssba-buttons]
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

२८ साउन २०८३,

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । विहिबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन् ।

एमालेले गत असार ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका शाहले आजसम्म विश्वासको मत लिनुपर्ने समयसीमा थियो ।

केन्द्रमा भएको सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने बताइएको छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *