इरानले हर्मुज स्ट्रेट बन्द गर्‍यो: विश्व तेल – ग्यास बजारमा तनाव बढ्यो

05 Baishakh 2083
इरानले हर्मुज स्ट्रेट बन्द गर्‍यो: विश्व तेल – ग्यास बजारमा तनाव बढ्यो

१९ मार्च २०२६ – इरानले खाडिको रणनीतिक जलमार्ग हर्मज स्ट्रेट लगभग बन्द गरेको छ। यस जलमार्गमार्फत तेल, ग्यास र अन्य बस्तुहरुको निर्यात हुँदै आएको थियो। अमेरिकी र इजरायली आक्रमणपछि त्यहाँको समुन्द्री यातायात लगभग ठप्प भएको छ।

इरानले अनुमोदित जहाज बाहेक अरु सबैका लागि मार्ग बन्द गरेको छ। यसको प्रभाबले तेल र ग्यासको मुल्यमा अचानक वृद्धि भएको छ र खाडी देशहरुको तेल भणडार ट्यांक भरिन थालेका छन।

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प ले यूरोप र एशियाका साझेदारहरूलाई सहयोग गर्न आग्रह गरेका छन्, तर साझेदारहरु व्यापक युद्धमा तानिन नचाहने र साबधानी देखिन्छन्।

हर्मुज स्ट्रेटको महत्त्व

  • इरान, सयुक्त अरब इमिरेट्स र ओमनको विचमा अबस्थित।
  • पर्सियन गल्फलाई भारतीय महासागरसँग जोड्ने मुख्य मार्ग।
  • तेल बजारको करिब २५% विश्वव्यापी व्यापार यस मार्गबाट हुन्छ।
  • तरल प्राकृतिक ग्याँस (LNG) को लगभग २०% आपूर्ति पनि यसै मार्गबाट एसियामा जान्छ।

तेल र ग्याँस बाहेक, हर्मुज स्ट्रेट एलुमिनियम, मल र अन्य उद्योग वस्तुहरूको ढुवानीका लागि पनि महत्वपूर्ण चोक पोइन्ट हो। विशेषज्ञहरूले चेतावनी दिएका छन् कि हर्मुज स्ट्रेट बन्द हुनुले विश्व ऊर्जा बजार र खाद्य तथा उद्योग आपूर्ति श्रृङ्खलामा गम्भीर असर पार्न सक्छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tags