पूर्वमन्त्री एवं काङ्ग्रेस नेता दीपक खड्का पक्राउ,CIB को अनुसन्धान तीब्र

05 Baishakh 2083
पूर्वमन्त्री एवं काङ्ग्रेस नेता दीपक खड्का पक्राउ,CIB को अनुसन्धान तीब्र

काठमाडौँ १५ चैत, नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ।

CIB स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि उनलाई नियन्त्रणमा लिएको हो। त्यसपछि फौजदारी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यसअघि सार्वजनिक भएको जरुरी पक्राउ पुर्जी अनुसार अनुसन्धानका क्रममा तत्काल पक्राउ आवश्यक ठहर भएपछि कानुनी प्रक्रिया अनुसार पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको हो।

के छ आरोप?

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता खड्कामाथि विभिन्न गम्भीर आरोपहरू लागेका छन्:

  • भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा उनको निवासमा आग्जनी हुँदा अवैध रकम फेला परेको थियो।
  • नेपाल स्काउटको लैनचौर स्थित जग्गा र भवन कब्जा गरेको आरोप छ।
  • खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.ली. मार्फत करिब १२ रोपनी जग्गा गैरकानुनी रुपमा प्रयोग गर्दै आएको सिआइबीको दाबी छ।
  • सम्झौता सकिँदा पनि जग्गा खाली नगरेको र करोडौं भाडा नतिरेको आरोप छ।

स्काउटले यस विषयमा उजुरी दिएपछि अनुसन्धान थप तीव्र बनेको हो।

पुरानो मुद्दा पनि जोडियो।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि सार्वजनिक सम्पत्ति हडपेको र पदको दुरुपयोग गरेको विषयमा लामो समयदेखि छानबिन हुँदै आएको थियो। यसअघि नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त विवादित जग्गामा रहेको संरचना सिल गरिसकेको थियो।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tags