वैशाख ५ / इरानले विश्वका सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने Straito of Hormuz फेरि बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले समुन्द्री मार्गमा लगाएको नाकाबन्दी जारी राखेपछि प्रतिकार स्वरूप यस्तो कदम चालिएको इरानले बताएको छ।
इरानको अर्ध सरकारी समाचार एजेन्सी Fars News एजेन्सी ले शनिबार जलडमरुमरुमध्ये पुनः बन्द गरिएको जानकारी दिएको हो। समाचारमा उद्धृत एक इरानी अधिकारीलाई उद्धृत गर्दै अमेरिकाले अझै पनि समुद्री “लुटपाट र डकैती” जस्तो गतिविधि जारी राखेको आरोप लगाएको छ। अमेरिकाले जहाजहरूको पूर्ण स्वतन्त्र आवतजावत सुनिश्चित नगरेसम्म उक्त जलमार्ग कडा नियन्त्रणमा रहनेछ।
उक्त जलमार्ग बन्द गरिएसँगै इरान र अमेरिका बीच जारी तनाव थप चर्किने तथा युद्ध अन्त्यका लागि हुन लागेको सम्भावित वार्तामा असर पर्ने विश्लेषण गरिएको छ।
यसबीच अमेरिकी सैन्य कमाण्ड ले यसै साता सुरु भएको नाकाबन्दीपछि कम्तीमा २३ वटा जहाजलाई फर्कन निर्देशन दिएको जनाइएको छ। तर जलडमरुमध्ये बन्द भएपछि कति जहाज प्रभावित भए भन्ने स्पष्ट भएको छैन।
अमेरिकी रक्षा अधिकारी तथा बेलायती समुद्री निगरानी संस्था United kingdom Mari time Trade operations का अनुसार इरानले होमुर्ज जलडमरुमध्यमा तेल ट्याङ्करहरूमा गोली प्रहार गरेको छ।
अमेरिकी अधिकारीका अनुसार शनिबार मात्र कम्तीमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएको छ भन्ने UKMTO का अनुसार दुईवटा आक्रमणको पुष्टि गरेको छ। तीमध्ये एउटा जहाजमा क्षति पुगेको भएपनि मानवीय क्षतिको खबर भने आएको छैन।
जहाज ट्रयाक गर्ने संस्थाTanker Trackers.com का अनुसार आक्रमणमा परेका जहाजमध्ये दुईवटा भारतीय जहाज थिए। तीमध्ये एउटाले करिब २ मिलियन ब्यारेल्स इरानी तेल बोकेको बताइएको छ।
यी घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टाअघि मात्रै एक दुई दिनमै इरानसँग सम्झौता हुन सक्ने अपेक्षा व्यक्त गरिएका थिए सपन
ट्रम्पले शुक्रबार बारम्बार इरानले अमेरिकाले राखेका केही सर्तहरू स्वीकार गरेको बताए पनि तीमध्ये एउटा सर्त इरानले सधैँका लागि युरेनियम समृद्धिकरण रोक्ने सहमति जनाएको दाबी थियो
शनिबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन् “इरानले अलिकति चालबाजी गर्न खोज्यो ! उनीहरूले फेरि जल डमरुमध्ये बन्द गर्न चाहेका छन्।” ट्रम्पले थपे इरानले हामीलाई ब्ल्याकमेल गर्न सक्दैन।” ट्रम्पले अमेरिका अझै पनि इरानसँग वार्तामा रहेको र दिनको अन्त्यसम्ममा सम्झौताका विषयमा अगाडि बढ्ने कि नबढ्ने स्पष्ट हुने बताएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको।















Leave a Reply