दुर्गा प्रसाई र धवलशमशेरको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता हुँदै

12 Bhadra 2083
[ssba-buttons]
दुर्गा प्रसाई र धवलशमशेरको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता हुँदै

काठमाडौँ २७ साउन २०८३ / दुर्गा प्रसाई र डा. धवलशमशेर राणाले खोल्न लागेको नयाँ  ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुने भएको छ ।

पार्टी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार दल दर्ता गरिने डा. धवलशमशेर राणाले जानकारी दिएका छन् । दल दर्ताको कार्यक्रम शुक्रबार दिउँसो १२: १५ बजे निर्वाचन आयोग, कान्तिपथमा हुने जनाइएको छ ।

राणाले नयाँ दलमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दल दर्ताको कार्यक्रममा उपस्थित भएर उत्साह थप्न आग्रह गरेका छन् ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *