ट्रकको ठक्करबाट एमाले नेतृ साबित्रा सापकोटाको मृत्यु

11 Bhadra 2083
[ssba-buttons]
ट्रकको ठक्करबाट एमाले नेतृ साबित्रा सापकोटाको मृत्यु

१ भदौ २०८३,

कैलाली — कैलालीको बर्दगोरियामा भएको सवारी दुर्घटनामा नेकपा एमालेकी नेतृ साबित्रा सापकोटाको ज्यान गएको छ।

बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिकै स्कुटरमा सवार सापकोटालाई ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि दोदोधरा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

सापकोटा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सल्लाहकार समिति सदस्यसमेत थिइन्। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन्।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार दुर्घटनापछि घटनास्थलबाट ट्रक लिएर भागेका चालकलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया–लम्कीचुहा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सापकोटाले चलाएको लु.प्र. ०१–०१० प ००४५ नम्बरको स्कुटरलाई नवलपरासीको बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको सु.प.प्र. ०१–००१ ख ३६९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्। घटनाको कारण तथा दुर्घटनाका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *